बरहथवा नगरपालिका - संक्षिप्त परिचय

बरहथवा नगरपालिका सर्लाही जिल्ला, जनकपुर अन्चलमा अवस्थित छ | यस नगरपालिका वि.सं. २०७२ आश्विन १ गतेका दिन साविक ४ गाविस बरहथवा,मुर्तिय, हजरिया र लौकट मिलाएर स्थापना गरिएको हो जसको जनसंख्या ई.सं. २०११ को जनगणना अनुसार ५०४२४ रहेको छ | साविक बरहथवा गाविसको बरहथवा बजार लाई हाल बरहथवा नगरपालिका को केन्द्र बनाईएको छ |