नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।

सूचना तथा समाचार

करार सेवामा ग्रेडर चालक भर्ना सम्बन्धि सूचना

नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत कार्यक्रम अनुसार हालै १ थान ग्रेडर खरिद गरी सकिएको छ | सो ग्रेडर संचालनको लागि १ (एक) जना हेभी सवारी चालक ( ग्रेडर अनुमति सहित) करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको निर्णय अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको १५ दिन भित्र रित पुर्

कार्यक्रम अधिकृत पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको बारे |

कार्यक्रम अधिकृत पदको मिति २०७५/९/२१ गते भएको लिखित परिक्षामा तपशिलका उम्मेदवारहरुले प्राप्त गरेको अधिकतम अंकको आधारमा उत्तीर्ण  भएको सुचना प्रकाशन गरिएको छ | उत्तीर्ण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा आवश्यक कागजात सहित उपस्थित हुन जानकारी गराईन्छ |

Pages