नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।

सूचना तथा समाचार

मिति २०७५/०८/५ गते प्रकाशित सूचना नं. १/२०७५-२०७६ - ६/२०७५-२०७६ अनुसार देहायबमोजिमका पदहरुको खुल्ला प्रतियोगितात्मक परिक्षा बरहथवा न.पा बाट देहायबमोजिमको मिति,समय र स्थानमा परिक्षा केन्द्र तोकिएको सम्बन्धीत सरकारवालाका लागि जानकारी गराईन्छ ||

उपरोत्त सम्बन्धमा यस कार्यालयबाट मिति २०७५/०८/०५ गते प्रकाशित सूचना वमोजिम करार सेवामा कर्मचारी भर्ना सम्बन्धमा तपशिलको मिति, समय र स्थानमा परिक्षा केन्द्र तथा स्थान तोकिनुका साथै निम्न वमोजिमको पाठ्यक्रम रहेको व्यहोरा सम्बन्धीत सरकारवालाका लागि जानकारी गराईन्छ |

गुद्री बजार मा रहेको सटर भाडा सम्बन्धि सार्वजनिक सूचना ||

उपरोत्त सम्बन्धमा यस नगरपालिका अन्तर्गत बरहथवा गुद्री बजारमा रहेको सटर गोप्य शिलबन्दी बढाबढ प्रक्रिया द्वारा भाडा लगाउनु पर्ने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

करार सेवामा भर्ना सम्बन्धि सूचना ||

यस नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत दरबन्दी र संगठन संरचना अनुसार रित्त रहेका देहायका पदहरु करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको मिति २०७५/८/३ को निर्णय अनुसार देहायका पदहरुमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट रित पुर्वकको आवेदन आहवान गरिनछ |

औषधी र नवजात शिशुलाई न्यानो झोला खरिद सम्बन्धि शिलबन्दी दरभाउपत्र आव्हानको सूचना!!

बरहथवा नगरकार्यपालिकाका कार्यलयको मिति २०७५/०७/२५ गतेको निर्णय अनुसार आ.व २०७५/०७६ का लागी तपशिलमाउल्लेखित औषधी/सामग्री दरभाउपत्र द्वारा खरिद गर्नुपर्ने भएकोले इक्छुक इजाजत प्राप्त फर्मको नविकरण भएको परमाण पत्र, मुल्य अभिव्रिधि कर दर्ता प्रमाण पत्र तथा आ.व ०७४/०७५ को कर चुक्ता प्रमाणपत्रको प्रमाण

बरहथवा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बागमती नदी क्षेत्रमा आ.व.२०७५/०७६ मा दुंगा, गिट्टी, बालुवामा प्राकृतिक स्रोत कर संकलन सम्बन्धि शिलबन्दी बोलपत्र आव्हानको सूचना !!!

बरहथवा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बागमति नदी क्षेत्रमा तपशिल वमोजिम आ.व २०७५/०७६ मा ढुंगा, गिट्टी वालुवामा प्राकृतिक स्रोत कर संकलन गर्न यो बोलपत्र आव्हान गरिएको छ | इक्छुक फर्म वा कम्पनीले आफ्नो फर्मको नविकरण भएको प्रमाण पत्र, मुल्य अभिबृधी कर दर्ता परमाण पत्र तथा आ.व ०७४/०७५ को कर चु

मेलमिलापकर्ताहरु सुचिकृत गरिएको बारे ||

उपरोक्त सम्बन्धमा बरहथवा नगरपालिका न्यायिक समिति २०७५/०४/२४ गते मेलमिलापकर्ताहरुको सुचिकृत हुन सूचना प्रकाशन भएको प्राप्त निवेदनहरू अध्यन्न गर्दा वडा नं.

बहु क्षेत्रीय पोषण स्वयंसेवक पदको नतिजा प्रकाशन संबन्धमा ||

उपरोक्त सम्बन्धमा यस नगरपालिकाबाट बहु क्षेत्रीय पोषण स्वयं सेवक संख्या १ (एक) को अन्तरवार्ता मा तपशिलको उम्मेदवार सफल हुनु भएकोले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सम्झौता गर्नका लागि बरहथवा नगरपालिका, नगर कार्यपालिकाको कार्यलय सर्लाहीमा सम्पर्क राख्न हुन अनुरोध छ |

Pages