नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।

संक्षिप्त परिचय

परापुर्व कालमा बरहथवा छेत्रमा हाती लुक्ने बाह्र हात लामो खरको घाँसको धाडी बढी पाइने भएकोले सो क्षेत्रलाई बरहठा भन्ने गरिन्थ्यो | पछि अप्भ्नस भएर बरहथवा नाम हुन गएको पाइन्छ | जनकपुर अन्चलको सर्लाही जिल्लामा पर्ने बरहथवा विक्रम सम्वत् २०११ साल भन्दा पहिला अग्ला स्थान भएका वस्तीहरु वाहेक अधिकांश क्षेत्र जंगलले ढाकेको थियो | बरहथवा क्षेत्र जमिन्दारी प्रथामा संग्रामपुर मौज अन्तर्गत पर्दथ्यो | विक्रम सम्वत् २०११ सालमा बागमती नदीमा आएको भिषण बाढीले बरहथवा र वरिपरिका क्षेत्रलाई नदी उकाश जग्गाको रुपमा परिणत गर्यौ | वरपरका क्षेत्रबाट घाँस, दाउरा तथा काठको लागि जंगलमा आउने व्यक्तिहरुले बाढीले गर्दा जंगलमा उकास भएको जाग्गाको बारेमा थाहा पाए पछि हालआवादीको लागि निवेदन दिए | बिक्रम सम्वत् २०११ साल पछि हालआवादीको दरखास्त संगै तत्कालिन जमिन्दार श्री चक्र बहादुर आमात्य ज्यु को नेतृत्वमा बरहथवा र आसपासका क्षेत्रलाई जंगल कटान गरी वसोवास योग्य बनाउन बन्दोवस्त मिलाइएको थियो |

पंचायतकालमा बरहथवा क्षेत्र पिडारी गाउँ पंचायत अन्तर्गत पर्दथ्यो | त्यसवेला पिडारी गाउँ पंचायतमा पिडारी, जानकीनगर, मुर्तिया, बरहथवा र शंकरपुरको केहि भागहरु समेटिएको थियो | २०२० सालमा बरहथवा क्षेत्र पिडारी गाउँ पंचायतबाट अलग भएर गंगापुर-सीतापुर गाउँ पंचायतअन्तर्गत समेटियो | बिक्रम. सम्वत् २०२०-२४ को नापीमा त्यस वेलाको बरहथवा गंगापुर-सीतापुर गाउँ पंचायत अन्तर्गतको वडा नम्बर ५,६,७,८, र ९ पर्दथ्यो | बाढी पश्चात विक्रम सम्वत् २०१९ सालसम्म बरहथवा वरिपरीका क्षेत्र हरुमा जंगलको अधिकारिक फडानी भयो | बरहथवा बजार को शुरुवात बिक्रम सम्वत २०२०-२१ सालतिर भएको पाइन्छ | बरहथवा क्षेत्रको आफ्नो छुट्टै पहिचान २०२५ सालमा मात्र बरहथवा गाउँपंचायतको रुपमा भएको थियो | बिक्रम सम्वत् २०२६ साल मा भएको बरहथवा गाउँ पंचायतको पहिलो चुनावमा श्री क्षेत्र सिंह गुरुङ निर्विरोध गाउँ पंचायतको प्रधान-पंचमा निर्वाचित हुनु भएको थियो | त्यस पश्चात प्रजातन्त्र आउदाकाल सम्म अधिकांश समय श्री नारायण बहादुर अमात्य ज्युले बरहथवाको निर्वाचित प्रधानपंचको रुपमा सेवा गर्ने मौका पाउनु भयो |

विक्रम सम्वत् २०४६ सालको आन्दोलन पश्चात प्रजातन्त्रको प्रादुभाव संगै बरहथवा गाउँ पंचायत बरहथवा गाउँविकास समितिमा परिवर्तन हुन गयो | प्रजातन्त्र को प्रादुभाव भएपक्षि यस गा.वि.स.को अध्यक्ष श्री रामचन्द्र महतो ज्यु हुनु भयो त्यस पछिको चुनाव बाट श्री नारायण बहादुर आमात्य ज्यु नै गा.वि.स.को अध्यक्ष हुनु भयो | हाल जनसंख्या बार्षिक  आय तथा भौतिक पूर्वाधारको अवस्थाको आधारमा नेपाल सरकारले मिति २०७२ साल अशोज १ गते बरहथवा गाउँ विकाश समिति मुर्तिया, हजरिया र लौकठ गाउँ विकाश समितिहरु मिलाएर बरहथवा नगरपालिका घोषित गरियो | तत्पस्चात साविकका सुन्दरपुर चुहर्वा गा.वि.स. श्रीपुर गा.वि.स. र जानकीनगर गा.वि.स. का वडा नं. ४,६,७,८, र ९ समायोजन गरि बरहथवा नगरपालिका को केन्द्र पुरानो बरहथवा गाउँविकास समितिको कार्यालयमा रहेको छ |

 

भौगौलिक अवस्थिति

मानचित्रमा बरहथवा नगरपालिकाको स्तिथि :

अक्षांश : २७°००' ०१.४" उत्तरी अक्षांश

देशान्तर : ८५° २७' ४३.२" पूर्वी देशान्तर

उचाई : बरहथवाको सरदर ऊचाई समुद्र सतह देखि माथि करीब १०४ मिटर रहेको छ |

पुर्व : हरिपुर नगरपालिका

पश्चिम : रौतहट जिल्ला

उत्तर : बागमती नगरपालिका

दक्षिण : बसबरिया गाउँपालिका

जम्मा वडा संख्या : १८

जम्मा जनसंख्या : ६९८२२

जम्मा क्षेत्रफल : १०७.०५ वर्ग कि.मि