नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।

अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )

स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ । जन्म दर्ता गरेपछि अन्य दर्ता(मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद)गर्न नगरपालिका आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् र तल भनेअनुसार। गर्नुहोस्।

  • पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।

घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको दोकुमेंटमा क्लिक गर्नुहोस |