नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।
परापुर्व कालमा बरहथवा छेत्रमा हाती लुक्ने बाह्र हात लामो खरको घाँसको धाडी बढी पाइने भएकोले सो क्षेत्रलाई बरहठा भन्ने गरिन्थ्यो | पछि अप्भ्नस भएर बरहथवा नाम हुन गएको पाइन्छ | जनकपुर अन्चलको सर्लाही जिल्लामा पर्ने बरहथवा विक्रम सम्वत् २०११ साल भन्दा पहिला अग्ला स्थान भएका वस्तीहरु वाहेक अधिकांश क्षेत्र जंगलले ढाकेको थियो | बरहथवा क्षेत्र जमिन्दारी प्रथामा संग्रामपुर मौज अन्तर्गत पर्दथ्यो | विक्रम सम्वत् २०११ सालमा बागमती नदीमा आएको भिषण बाढीले बरहथवा र वरिपरिका क्षेत्रलाई नदी उकाश जग्गाको रुपमा परिणत गर्यौ | वरपरका क्षेत्रबाट घाँस, दाउरा तथा काठको लागि जंगलमा आउने व्यक्तिहरुले बाढीले गर्दा जं
BARAHATHAWA WEATHER