नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।
सिभिल ईन्जिनियर पदको मिति २०७५/९/२१ गते भएको लिखित परिक्षामा तपशिलका उम्मेदवारहरुले प्राप्त गरेको अधिकतम अंकको आधारमा उत्तीर्ण भएको सुचना प्रकाशन गरिएको छ | उत्तीर्ण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा आवश्यक कागजात सहित उपस्थित हुन जानकारी गराईन्छ |
सिफारिस गरिएको उम्मेदवार
वैकल्पिक उम्मेदवार
थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |
उपरोत्त सम्बन्धमा यस कार्यालयबाट मिति २०७५/०८/०५ गते प्रकाशित सूचना वमोजिम करार सेवामा कर्मचारी भर्ना सम्बन्धमा तपशिलको मिति, समय र स्थानमा परिक्षा केन्द्र तथा स्थान तोकिनुका साथै निम्न वमोजिमको पाठ्यक्रम रहेको व्यहोरा सम्बन्धीत सरकारवालाका लागि जानकारी गराईन्छ |
उपरोत्त सम्बन्धमा यस नगरपालिका अन्तर्गत बरहथवा गुद्री बजारमा रहेको सटर गोप्य शिलबन्दी बढाबढ प्रक्रिया द्वारा भाडा लगाउनु पर्ने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ |
श्री बरहथवा नगरपालिका अनतर्गतका सहकारी संघसंस्थाहरु सबै |
यस नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत दरबन्दी र संगठन संरचना अनुसार रित्त रहेका देहायका पदहरु करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको मिति २०७५/८/३ को निर्णय अनुसार देहायका पदहरुमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट रित पुर्वकको आवेदन आहवान गरिनछ |